अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै काठमाडौंमा युवा संघको विरोध प्रदर्शन (तस्बिरसहित)

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै काठमाडौंमा युवा संघको विरोध प्रदर्शन (तस्बिरसहित)

काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार युवा संघले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

युवा संघका नेता तथा कार्यकर्ताहरूले बढ्दो महङ्गी, मूल्यवृद्धि, चरम आर्थिक सङ्कट समाधान गर्न माग गरेका हुन् । यस्तै नेता तथा कार्यकर्ताहरुले अर्थमन्त्री शर्माको राजीनामा पनि मागेका हुन्।

यस्तै गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्वन पनि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

nepal one