सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा आउँदो स्थानीय तहको चुनावमा हुने चुनावी तालमेललगायतका बिषयमा पनि छलफल हुनेछ ।
यस्तै बैठकले चुनाव परिचालन समितिले आइतबार गरेको छलफलको निष्कर्ष र सुझावहरूमाथि छलफल गर्ने एक नेताले बताए ।