हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५७ रुपैयाँ ८८ पैसा र बिक्री दर १५८ रुपैयाँ ६६ पैसा छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ ।

nepal one