मुलुक अहिले स्थानिय निर्वाचनमा होमिएको छ, देश भर निर्वाचनको सरगर्मि बढेको छ । स्थानिय निर्वाचनमा आआफ्नो पल्लाभारी पार्न सबै दलहरु लागि परेका छन् । दलहरु बिच रस्साकस्सीनै चलिसकेको छ । देश ब्यापी स्थानिय निर्वाचनको गर्मी चल्दा झापा ३ मा भने फरक दृष्य देखिन्छ । झापा ३ मा स्थानिय नभई संघिय चुनावनै लागिसकेको परिदृष्य देख्न सकिन्छ । बिगतमा हेभिवईट भिडन्तहुने गरेको झापा ३ मा यस पटक पनि हेभिवईटहरुकै भिडन्तहुने निश्चीत छ । संघिय निर्वाचन २०७४ मा राप्रपाका उम्मेद्धार राजेन्द्र लिंदेनले नेपाली कँग्रेसका कृष्ण प्रसाद सिटैलालाई पराजित गरी बिजयी भएका थिय, राप्रपा उम्मेद्धार लिंदेन लाई एमालेको समेत समर्थन रहेको थियो । तर यस पटक भने यि दुबै उम्मेद्धार लाई चुनौति बनेका छन् दुर्गा प्रसाई, नेकपा एमालेका केन्द्रिय सदस्य तथा उद्योग विभाग उपप्रमुख समेत रहेका प्रसाई झापा ३ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । दुर्गा प्रसाई झापा ३ बाट चुनाव लड्ने चर्चा चलेसँगै झापामा चुनावि सरगर्मी बढेको छ । बि एड सी अस्पताल तथा पुर्वाञ्चल क्यानसर अस्पतालका संचालक प्रसाई झापाका चर्चित ब्यवत्तित्व हुन् । सामाजिक कार्यमा निकै अग्रसर रहने प्रसाई चुनाव उठ्ने तयारी सँगौ आफ्नो गतिविधि झापा केन्द्रित रहेर गर्न थालेका छन्, केहि समय अगाडि मात्र १५०० परिवारको निःशुल्क स्वास्थ्य बिमा, कचनकवलमा रहेका मुस्लीम परीवारहरुलाई पानि तान्ने कल वितरण गरेको थिय । कचनकवल स्थानिय निर्वाचनमा राप्रपा उमेद्धारले जितेको स्थानिय निकाय हो । झापा ३ मा उनको गितिबिधि बढे सँगै राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन, काँग्रेस नेता कृष्ण सिटौलालाई टाउको दुखाईको बिषय भएको छ । प्रसाईले झापाका मात्र करिव ४ हजारलाई रोजगार दिइरहेका छन् भने निःशुल्क उपचार, विद्यालय, मठमन्दिर निर्माण लगाएतका कार्यमा प्रसाई निकै सक्रिय हुँदा अन्य दलहरुलाई चुनैति भएका छन् । विगतमा माफियाको ट्याग लागेतापनि उनको कार्यशैलि तथा गतिविधिका कारण जनताको मन जित्न सफल भएका छन् । आफ्नो गास काटेर भएपनि जनताको सेवाका लागि सधैभरी सर्मपित रहने स्वाभावका प्रसाईले एक कार्यक्रममा भनेका थिय सहकारी ऋणका कारण बैदेशिक रोजगारमा जान बाध्य भएका झापा बासीको ऋण तिरिदिई स्वदेशमै रोजगारदिने र छोरी चेलिका विवाहका लागि रकम अभाव, खाद्यान अभाव भई छाक टार्न समस्या भएमा मलाई भन्नुहोस दुर्गा प्रसाईको घरको ढोक राति १२ बजे भएपनि खुल्ला रहने छ ।

धर्म माथि निकै आस्था राख्ने दुर्गा माताका भक्त प्रसाई राजनितिमा सक्रिय नहुदा देखिनै झापामा पाउ पाथिभरा, दुर्गामाता लगाएताका मठमन्दिर, विद्यालय, अपाङ्गहरुका लागि बिद्यालय निर्माण, मुस्लीम विद्यार्थीहरुका लागि मदर्शा, महिलाहरुको क्यानसर स्कृनिङ्ग निःशुल्क गर्दै आएका कारण झापा बासीको मनमा बस्न सफल भएका छन् । जनताको चुलो सँग प्रतक्क्ष सरोकार राख्ने स्वास्थ्य, शिक्ष, रोजगारका क्षेत्रमा प्रसाईले सहयोग गर्दै आएका छन् । जन प्रतिनिधिहरुले गर्ने कार्यहरु प्रसाईले गर्दै आएका छन् भने निर्वाचित भएर गएका प्रतिनिधिहरु भने काठमाण्डौंमै केन्द्रित रहने र आफ्नो निर्वाचन क्षेत्रलाई ध्यान नदिने कुरा भोग्दै आएको जनताको बुझाई छ ।लामो समयदेखि राजिनित गर्दै आएका तथा गृहमन्त्रि समेत भएका सिटौला र राप्रापा अध्यक्ष लिंदेनले आफ्ना क्षेत्रको उल्लेखिय विकास साथै जनताको मुहारमा खुसी ल्याउन सकेका थिएनन् तर केहि समयकै सक्रियतामा प्रसाई भने जनताको मनमा बस्न सफल भइसकेका छन् ।

झापा ३ मा पटक पटक निर्वाचित भएका प्रतिनिधिहरुले जनताका चाहना अनुरुप काम गर्न सकेका छैनन्, जनतालाई आवश्यक पर्दा दुःख सुखमा साथ दिन नसकेका कारण जनता ति प्रतिनिधिहरु सँग रुष्ट भएका छन् । नेता कृष्ण सिटोला र राजेन्द्र लिंदेनले झापा बाट निर्वाचित भएर गएपनि झापा बासीको काममा भने ध्यन नदिने, जनताको चाहाना बुझ्न नसक्ने, दुःख पर्दा भेट्न समेत मुस्कील हुने गुनासो स्थानियको छ । बिगतमा राजिनित दलहरुलाई सहयोग गर्दौ आएता पनि प्रसाई आफै भने राजिनितिमा सक्रिय थिएनन् । नेकपा एमालेको १० औं महाधिवेशन पश्चात मात्र उनि राजिनितिमा सक्रिय हुदै आएका छन् सो अघि उनि कुनै राजनितिक पदमा बसेका थिएनन् ।