कफी सप खोल्ने तयारीमा अनमोल केसी

कफी सप खोल्ने तयारीमा अनमोल केसी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसी अहिले फिल्म ए मेरो हजुर ४ को प्रमोशनमा व्यस्त छन् ।

झरना थापाको निर्देशनमा बनेको यस फिल्म बैशाख १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउँदैछ । अनमोलसँगै सुहाना थापाको अभिनय रहेको यस फिल्मको पर्खाइमा अहिले धेरै दर्शक रहेका छन् ।

यसैबीच अनमोलले आफ्नो साइड बिजनेसको रुपमा कफी सप खोल्ने तयारी गरेको खबर बाहिरिएको छ । आफू साइड बिजनेसको रुपमा कफी सप खोल्ने तयारी गरेको उनले नै बताए ।

कफी सप आफनो मनपर्ने व्यवसायकमध्ये एक भएकाले उनले यसतर्फ लाग्न लागेको बताए । उनले भने – ‘फिल्मबाहेक म अब कफी सपतिरै व्यस्त हुने तयारीमा छु’

पछिल्लो समय कलाकारहरु अभिनयसँगै वैकल्पिक पेशा व्यवसायमा पनि संलग्न छन् । जसमा धेरैजो कलाकार रेस्टुरेन्ट, कफी सपको व्यवसायमा लागेका छन् ।

nepal one