यसकारण भरतपुर माओवादीलाई नै दिन तयार भए देउवा !

यसकारण भरतपुर माओवादीलाई नै दिन तयार भए देउवा !

काठमाडौं – आउँदो स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रलाई दिन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् । सत्तारुढ गठबन्धनमा चुनावमा तालमेल गर्ने निर्णय भएदेखि नै भरतपुर महानगरपालिकामा धेरैको ध्यान गएको थियो ।

भरतपुरमा गठबन्धनबाट कुन दलको मेयरमा उठ्ने विवाद पनि भइरहेको थियो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भरतपुरमा फेरि माओवादीकै सिट हुनुपर्ने बताउदै आएका थिए । यसैबीच देउवा सिट दिन तयार भएका हुन् ।

हाल भरतपुरको मेयरमा प्रचण्डकी छोरी रेणु दहाल छिन् । प्रचण्डले भरतपुरमा माओवादीकै सिट हुने दाबी गरेपछि प्रचण्डले गठबन्धन टुट्ने डरले सहमत भएको स्रोतको दाबी छ ।

यसअघि भरतपुरका कांग्रेसका नेताहरुले अब मेयरमा आफ्नो पार्टीलाई पालो दिनुपर्ने बताउदै आइरहेका थिए । भरतपुरको मेयरमा कांग्रेसबाट २५ जना आकांक्षी पनि देखिएका छन्।

भरतपुर कांग्रेसले मेयरका २५ जना र उपमेयरका २४ जना आकांक्षीको नाम समेत सार्वजनिक गरिसकेको छ । यसैबीच दुई दलका प्रमुख नेताहरुले सहमति गरेका हुन् ।

प्रचण्ड र देउवाबीच यसअघि जहाँ जहाँ जसले जितेको छ त्यही त्यही उसैलाई सिट दिने सहमती भएको बताइएको छ । यसैकारण भरतपुरको मेयर पद माओवादीलाई नै दिने सहमती भएको बताइएको छ ।

nepal one