विप्लवलाई अघि सारेर देउवा, प्रचण्ड र माधवले चुनाव सार्न खोज्दैछन् – ओली (भिडियोसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सार्ने निहुँ खोजीरहेको बताउका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा ओलीले सो कुरा गरेका हुन् । उनले नेत्रविक्रम चन्द विप्लवको पार्टीलाई बहाना बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको बताए ।
उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले चुनाव सार्ने षड्यन्त्र गरिरहेको बताए । उनले उनीहरुको यो खेलमा नलाग्न विप्लवसँग आग्रह पनि गरे । उनले विप्लवलाई एमालेको सूर्य चिह्नबाट आउँदो चुनावमा उठ्न पनि आग्रह गरे ।
प्रतिगामी तत्वहरु चुनाव सारेर लोकतन्त्र समाप्त पार्ने खेलमा लागिपरेको भन्दै उनले उनीहरुको षड्यन्त्रमा नफस्न आग्रह गरे । उनले सरकार जनताबाट नभई परमादेशबाट बनेको भन्दै षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने बताए । गैरजिम्मेवार गठवन्धन सरकारको केहि भर नहुने भन्दै ओलीले अहिलेको समय हिजोको जस्तो नभएको बताए ।
उनले भने( ‘समय त हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’