जनताको काम गर्ने पार्टि नेकपा एमाले, गठबन्धन नातागोतालाई राजदुत संसद मन्त्रि बनाउनका लागि हो :महेश बस्नेत

ललितपुर – नेकपा एमालेका नेता महेश बस्नेतले गठबन्धन गफ गर्नका लागि मात्र हो, काम गर्ने पार्टि एमाले भएको बताउनु भयो । मंगलबार नेकपा एमाले ललितपुर जिल्ला कमिटिको कार्यक्रममा बोल्दै नेता बस्नेतले गठबन्धन भई भतिजा, नातागोताका लाई राजदुत, मन्त्रि, राष्द्रिय सभा सदस्य बनाउनका लागि बनेको हो जनताको काम गर्न लागि नभएको बताउनु भयो ।छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे ।सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप समेत लगाएका छन् ।
बस्नेतले भने, केपि ओलि सरकारले स्वास्थ्य विमा कार्यक्रम, जेष्ठ नागरीकहरु लाई निःशुल्क स्वास्थ्य सेवा, मृगौला रोगि, मुटो रोगीहरुका लागि रु १ लाख सम्मको उपचार खर्च, सामुदायिक विद्यालय निर्माण, विद्यार्थि भर्ना अभियान, २ संग निशुल्बक लगायता कार्यक्रम केपि ओलि सरकारले गरेको छ । नेकपा एमाले स्वास्थ्य सेवा, शिक्षा, सामाजिक न्याय, बृद्ध भक्त, अपागं भत्ता, एकल महिला भत्ता, सामाजिक सुरक्षा भत्ता दिने पार्टि नेकपा एमाले भएको बताउनु भयो । पुर्व पश्चिम राजमार्ग चौडा, पुष्पाल राजमार्ग, हुलाकि राजमार्ग, मदनमण्डारी राजमार्ग, मध्यपाहडि राजमार्ग तिब्र गतिमा निर्माण गर्ने कार्य केपि ओलि सरकारले गरेको छ । एक निर्वाचन क्षेत्र एक रणनितिक सडक कार्यक्रम संचालन गरी प्रत्यक सडक लाई ४० करोड भन्दा बढिका २६२ वटा सडक निर्माण गर्ने कार्य केपि ओलि सरकारले थालनी गरेको बताउनु भयो । त्यसैले नेकपा एमाले काम गर्ने पार्टि हो, मनमोहन अधिकारी सरकार, ७२ को केपि ओलि सरकार र ७४ को केपि ओलि सरकार हर्दा हुन्छ । गठबन्धन सरकार गफमा सिमित भएको छ, काम गर्ने पार्टि नेकपा एमाले भएको बताउनु भयो । बस्नेतले भने, ‘अस्ति भरतपुरतिर प्रचण्डले ३९ जना सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’
बस्नेतले ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाए ।