काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेपछि नेकपा (एकीकृत समाजवादी)पार्टी निकट अनेरास्ववियु अध्यक्षमा सुदेश पराजुलीले विरोध जनाएका छन्

मंगलबार साझँ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका थिए ।

भारतीय दूतावासमा स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोज आयोजना गरिएको थियो । उक्त भोजमा सहभागी हुन देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू पुगेका थिए । गठबन्धनकै घटक समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।

उनले लेखेका छन् – ‘सामान्य कर्मचारी बिदाइमा दुतावास गएर रात्रिभोजमा सरिक हुने कुरा कुटनीतिक मर्यादाविपरीत छ । ‘ उनले थपे – ‘मर्यादाविपरीत भोजले नेताहरू स्वयंको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पु¥याउँछ’