युइएफए च्याम्पियन्स लिग : लिभरपुल सेमिफाइनलमा

युइएफए च्याम्पियन्स लिग : लिभरपुल सेमिफाइनलमा

काठमाडौं – बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४ अन्तरले पराजित गर्यो । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसंग ३-१ अन्तरले पराजित भएको थियो ।

दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो । तर पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो ।दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे ।

अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गर्यो । फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्नेछ ।

nepal one