काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गर्नुभएको हो । उहाँले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौँ पठाए पनि कसैले जुम्लाको आवाज नसुनेको बताउनुभयो ।

आफूलाई काठमाडौँ , चितवन, नवलपरासी रुपन्देहीबाट चुनाव लड्न आग्रह गरे पनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उहाँले बताउनुभयो । आफ्नो उम्मेदवारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उहाँले काँग्रेस माओवादी एमाले कसैको विरुद्ध नभएको जिकिर गर्नुभयो ।

सरकारले मङ्सिर ४ गतेलाई सरकारले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेपछि उम्मेदवारी घोषणा पनि सुरु भएको छ ।

भिडियो……

YouTube0
YouTube
RSS
Follow by Email