निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय भएको छैन – राजेन्द्र लिङ्देन

निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय भएको छैन – राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभर आफ्नो सामार्थ्यले लड्ने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै सो कुरा गरेका हुन् ।

उनले आउँदो निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारे । अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको उनले बताए ।

उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” उनले भने “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”

शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । उनले भने, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए । उ

nepal one