गृहमन्त्री खाँणलाई भेटेर यस्तो माग राख्यो सीके राउत नेतृत्वको जनमत पार्टीले

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणलाई डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेताहरुले भेट गरेका छन् ।
शुक्रबार राउत लगायतका नेताहरुले गृहमन्त्री खाँणलाई भेटेर आफ्ना मागहरु राखेका छन् । उनीहरुले पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने माग राखेका छन् ।
आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुसँग गृहमन्त्रीले गृहमन्त्री खाँडले मुलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्न भनेका छन् ।