रोधीघरमा बेलुकी बस्न पाए एउटा गीतचाहिँ पक्कै गाउँथे – ओली

रोधीघरमा बेलुकी बस्न पाए एउटा गीतचाहिँ पक्कै गाउँथे – ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार लमजुङको घलेगाउँ पुगेका छन् । त्यहाँ आयोजित कार्यक्रममा उनले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आफूले सहयोग गर्ने बताए ।

उक्त गाउँमा आफूलाई रोधी घर बस्न मन लागेको भन्दै उनले बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँने भन्दै रमाइलो कुरा गरे । देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थालेको उनको भनाई छ ।

उनले भने रोधीघर थियो भने – ‘मलाई पनि भरे यतै बसूँ कि जस्तो पनि लाग्यो, सेलाएको भए पनि रोधी तताऊँ–तताऊँजस्तो लाग्यो । मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथे । ‘

ओलीले ग्रामीण पर्यटन घलेगाउँ बिश्वमै रमणिय ठाउँ भएको बताए । उनलेे भने घलेगाउले नयाँ बर्ष सगै नयाँ कामको थालनी भएको छ मलाई बिश्वास छ घलेगाउ बिश्वमै सुन्दर र नमूना पर्यटकीय गाउले परिचीत हुनेछ ।

nepal one