गायिका मेलिना राईले संजिवसँग विवाह गर्दै, इन्गेजमेन्टको तस्बिर सार्वजनिक

काठमाडौं – गायिका मेलिना राईले संजिव बराइलीसँग इन्गेजमेन्ट गरेकी छिन् । आफूले संजिवसँग इन्गेजमेन्ट गरेको बारे मेलिनाले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै जानकारी गराएकी छिन् । उनले आफ्नो करिब ५ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् ।
केही समयअघि संजीब र मेलिनाले २ बर्ष अगाडि नै इन्गेजमेन्ट गरिसकेको चर्चा चलेको थियो । उनीहरुले यसै बर्ष विवाह गर्ने तयारी गरेको बताइएको छ । विर्तामोड घर भएका संजीब काठमाडौमा बस्दै आएका छन् ।