मधुमेहदेखि पत्थरीसम्मको समस्याको समाधान प्याजमा, यस्ता छन् फाइदाहरु

मधुमेहदेखि पत्थरीसम्मको समस्याको समाधान प्याजमा, यस्ता छन् फाइदाहरु

काठमाडौं – हाम्रो भान्साको अत्यावश्यक चीज मध्ये एक हो प्याज । प्याज तरकारीलाई स्वादिष्ट बनाउन मात्र नभई स्वास्थ्यको फाइदाको लागि पनि खाइन्छ ।

यसमा सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस लगायतका तत्व पाइन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि पाइन्छ। विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइने र औषधिय गुण पनि हुन्छ ।

यस्ता छन् प्याजका फाइदा

पत्थरी – प्याजले पत्थरीको समस्या पनि समाधान गर्छ । यदि बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिएमा पत्थरीको समस्या कम गर्न सकिन्छ ।

मधुमेह – प्याजको सेवनले मधुमेहबाट पनि टाढा राख्छ । प्याज काँचो खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ।

रक्ताल्पता – काँचो प्याज खाँदा रक्ताल्पता पनि हुन पाउदैन । यसको सेवनले शरीरमा रगतको कमी हुन नदिने र रोगप्रतिरोधक क्षमता बढाउने गर्छ ।

कब्जियत – प्याजको सेवनले पेट पनि सफा गर्छ । प्याजमा हुने रेशाले पेटमा टाँसिएर रहेको भोजनलाई वाहिर निकाल्छ ।

मुटुको सुरक्षा – काँचो प्याजको सेवनले मुटुको सुरक्षा गर्न सहयोग पुर्याउछ । प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल पनि गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जसले मुटुको रोगका लागि राम्रो हुन्छ ।

कोलेस्ट्रॉल नियन्त्रण – प्याजको सेवन गरेमा कोलेस्ट्रॉल पनि नियन्त्रण गर्छ। यसमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई कम गर्छ । बढाउँछ ।

nepal one