दाङ / दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

YouTube0
YouTube
RSS
Follow by Email