दुर्गा प्रसाईंको सरकारलाई चुनौती : “दशैं पछि तुरुन्तै आफै बिमा कार्यक्रम सञ्चालन गर्छु”

काठमाडौं – वि.एण्ड सी. मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले अब वि.एण्ड सी. हस्पिटलको तर्फबाट विमा सञ्चालन गर्ने बताएका छन् । सरकारले विमाको पैसा नदिएपछि जनताको सेवाको लागि आफैले विमा कार्यक्रम सञ्चालन गर्ने उनले बताए । गठबन्धन सरकारले स्वास्थ्य शिक्षा जस्तो कुरामा खेलबाड गरेको भन्दै उनले मंसिर १ गतेदेखि वि।एण्ड सी हस्पिटलले विमा लञ्च गर्ने बताए ।
सरकारबाट ४० करोड मध्ये अझै ३० करोड रकम आउन बाकीँ रहेको भन्दै उनले गठबन्धन सरकारले स्वास्थ्य शिक्षा जस्तो कुरामा खेलबाड गरेको बताए । उनले आफूहरुको पैसा दिन सरकारले आनाकानी मात्र गरेको बताए ।
हामिसँगको कुराकानीमा उनले भने – “टिचिंग हस्पिटल, बीर हस्पिटल, धरानको विपी हस्पिटल भनेको जग्गा पनि सरकार, भवन पनि सरकारको, इक्युमेण्ट पनि सरकार र तलब पनि सरकारले दिन्छ । तर हाम्रो भनेको बैंकको पैसाले बनाएको हो । तर हामिले सरकारको भन्दा उच्च स्तरीय डाक्टरको टिम, उच्च स्तरको इक्युमेण्टहरु राखेर सरकारी रेटमा नै उपचार गर्दै आइरहेका छौं । सरकारी हस्पिटलले लिने रेटमा नै हामिले स्वास्थ्य विमा सञ्चालन गर्दै आएका थियौं । तर सरकारले झापा जिल्लामा पहिलो चोटी प्रोजेक्टको रुपमा लगेको थियो र नेपालमै पहिलोपल्ट वि एण्ड सी हस्पिटलसँग सम्झौता गरेको थियो । ”
उनले थपे – “झापा जिल्लामा ९ लाख जनसंख्या हुँदा ६ लाख बढीले विमा गरेका थिए । विमा पनि जस्ले बालुवा चाल्थ्यो, बालुवा चाल्नेसँग पनि सरकारले ३५ सय उठाएर ल्यायो, गीट्टी बेच्ने, फुटपातमा बसेर मकै बेच्ने सँग पनि ३५ सय उठाएर ल्यायो । झापा बाट मात्रै झण्डै अढाई करोड सरकारले उठायो । हामिले औषधी उपचार गरेको पैसा दिन सरकारले अनकनाइ राखेको छ । हाम्रो ४० करोड मध्ये हाम्रो अझै ३० करोड रकम आउन बाकीँ नै छ । गठबन्धन सरकारको पालामा आएर स्वास्थ्य शिक्षा जस्तो कुरामा खेलबाड गरेको छ । अब चुनाव पनि आएको छ, यो चुनावमा भोट किन दिने यीनीहरुलाई ।”
वि.एण्ड. सी जिवन बचाउने अभियान भनेर एक कार्ययोजना ल्याउने तयारीमा रहेको भन्दै उनले यो आफूहरुको जनताको लागि दायित्व भएको बताए ।
उनले भने – “प्राइभेटलाई नदिने र सरकारीलाई मात्र दिने भनेको छ । अब मेची अञ्चलमा एउटा सरकारी मेची अञ्चल हस्पिटल मात्र छ । त्यहाँ इक्युमेण्ट नै छैन, डाक्टरको टिम नै छैन भने मेची अञ्चलका बिरामी कहाँ जाने ?”
उनले थपे – “अब मेची अञ्चलका जनताहरुको हामिले आफ्नै विमा शुरु गर्छौं । वि एण्ड सी हस्पिटलको तर्फबाट विमा सञ्चालन गर्नेछौं, यो हाम्रो दायित्व पनि हो । सरकारले गरेन, मैले भन्दै आएको छु, नेपालमा दुई वटा सरकार छ, एउटा सरकार शेरबहादुर देउवाको छ र एउटा सरकार मेची अञ्चलमा दुर्गा प्रसाईको छ । ”
अहिले विमा रिन्यु गर्न भन्दै झुक्याइ राखिएको भन्दै भ्रममा नपर्न पनि उनले मेची अञ्चलका जनतालाई आग्रह गरे । उनले अब दशैं पछाडी तुरुन्तै आफ्रहरुले विमा कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।
उनले भने – “अहिले विमा गरौं , रिन्यु गरौं भनेर झुक्याराछन्, तर म मेची अञ्चलका जनतालाई भन्छु भ्रममा नपर्नुहोस् । सरकारले विमाको पैसा दिदैन । त्यसैले हामि आफैले दशै पछाडी विमा कार्यक्रम शुरु गर्दैछौं । अब सरकारको बिमा होइन, हामि हाम्रै तरिकाले विमा कार्यक्रम सञ्चालन गर्दैछौं ।”
उनले थपे – “वि.एण्ड सी जिवन बचाउने अभियान भनेर हामिले एउटा कार्ययोजना ल्याउँछौं । हरेक परिवारलाई जसरी सरकारलाई बुझाइएको थियो । त्यसरी नै हामिले यति पैसा भनेर ५ हजार, दश हजारको प्याकेज ल्याउँदैछौं । त्यो अनुसार हामि अघि बढ्दैछौं । हामिले बिमाको सुविधा दिने भनेर आम मेची अञ्चलका जनता र नेपाली जनतालाई हामिले अपिल गर्दैछौं । पर्खिनुस्, दशै पछाडी हामि शुरु गर्छौं । मंसिर १ गतेदेखि हामिले बिमा शुरु गर्छौं सबै वि एण्ड सी मै सिधैै विमा गरिदिएपछि कहिं जानु परेन, लाइन लाग्नु परेन, त्यो हिसाबले हामिले मोडल तयार गर्नैछौं । मंसिर १ गतेदेखि वि एण्ड सी हस्पिटलले विमा लञ्च गर्दैछ ।”
प्रसाईको थप कुराकानी तल भिडियोमा हेर्नुहोस्
One thought on “दुर्गा प्रसाईंको सरकारलाई चुनौती : “दशैं पछि तुरुन्तै आफै बिमा कार्यक्रम सञ्चालन गर्छु””
Comments are closed.