मोनिका सिंह

असोज ३ गते अर्थात् संविधान दिवस । देशले इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट संविधान पाएको दिन । संविधान दिवस तथा राष्ट्रिय एकता दिवसका अवसरमा अहिले विविध कार्यक्रमहरू गरी मनाइँदै छ ।
संविधानसभाबाट संविधान जारी भएको र मुलुकले सङ्घीय गणतान्त्रिक नेपालको संविधान पाएको आज ७ वर्ष पूरा भएको छ ।

नेपालमा आजसम्म ६–६ वटा संविधान बनिसकेका छन् । अन्य ५ वटा संविधान भन्दा अहिलेको संविधानलाई विशेष अर्थमा लिनुपर्ने हुन्छ । आधा दर्जन संविधान बनेको हाम्रो देशमा अरू संविधान भन्दा अहिलेको संविधान मात्र नेपाली जनताका आफ्नै जनप्रतिनिधिले बनाएको संविधान हो ।

यो संविधान बन्न दुई दुई पटक संविधानसभाको निर्वाचन भएको थियो भने संविधान लेखनका लागि साढे ६ वर्ष लागेको थियो । यो क्रममा राज्यकोबाट २९ अर्ब रुपैयाँभन्दा धेरै रकम खर्चसमेत भएको थियो । यो संविधानले मुलुकलाई एकात्मक व्यवस्थाको अन्त्य गर्दै सङ्घीय गणतन्त्रात्मक व्यवस्थामा समेत हिँडाएको छ ।

हजारौँ नेपालीहरूको बलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको वर्तमान नेपालको संविधान २०७२ का आफ्नै मौलिक विशेषताहरू रहेका छन् ।

विश्वको शिर सगरमाथा बोकेको अनि वीर अनि बिरागंनाको स्वर्णिम इतिहास भएको हाम्रो देश नेपालको सार्वभौमता अनि स्वतन्त्रता विश्वकै लागि एउटा उदाहरण अनि गर्वको विषय हो ।
नेपाली माटो र नेपालीहरू अहिलेसम्म कुनै पनि देशको उपनिवेश या पराइको अधीनमा रहेको इतिहास छैन ।

तर पनि जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने नेपाली जनताको उत्कठ चाहना पुरा हुन भने ६५ वर्षभन्दा बढी समय लाग्यो । २००७ सालमै उठेको संविधानसभाको माग धेरै समयपछि मात्र पुरा हुन पायो ।

हजारौँ नेपालीहरूको बलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको वर्तमान नेपालको संविधान २०७२ का आफ्नै मौलिक विशेषताहरू रहेका छन् ।

खासमा यो संविधानले नेपाललाई सङ्घीय गणतान्त्रिक नेपालका रूपमा राज्य पुर्नसंरचना गर्दै कूल ७ वटा प्रदेश अनि यस अघिको संवैधानिक राजतन्त्रलाई गणतन्त्र अनि एकात्मक राज्य संरचनालाई सङ्घीयतामा रूपान्तरण गरेको छ ।

यस संविधानले हरेक प्रदेशमा एउटा र केन्द्रमा एउटा गरी दुई प्रकारको संसद्को व्यवस्थासमेत गरेको छ । शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसद्का सदस्यहरूले गर्छन् भने प्रधानमन्त्री संसदबाट छानिन्छ ।

सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ ले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहु-जातीय, बहु-भाषिक, बहु-धार्मिक, बहु-सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको छ ।

वर्तमान संविधानले आफूले चाहेको लैङ्गिक पहिचान सहितको नागरिकता पाउनेसमेत सहज व्यवस्था गरेको छ ।
संविधानको प्रावधान अनि मर्म अनुसार आज कुनै पनि नेपालीले लिगं, धर्म, जात, वर्ग, रङ्ग, पहिचान, भाषा या अन्य कुनै आधारमा विभेद सहनु पर्ने छैन ।छोरीहरूलाई पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको व्यवस्था पनि यही संविधानले गरेको छ ।

महिला र दलितलाई विशेष आरक्षणको व्यवस्था र शिक्षा, स्वास्थ्य, पर्यावरणलगायतका हकलाई मौलिक हक अन्तर्गत राखिएको यो संविधान विश्वकै उत्कृष्ट संविधानमध्येको एक हो ।

सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ ले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहु-जातीय, बहु-भाषिक, बहु-धार्मिक, बहु-सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको छ ।
विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका सहितको कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धता यो संविधानमा छ ।

संविधानले भविष्यको आवश्यकता र पिढिदरपिढीको चाहनालाई प्रतिबिम्बित गर्दछ । यस संविधानका पनि केही कुराहरूप्रति गुनासो अनि असहमति हुने नेपाली नागरिक र समुदाय नभएका हैनन् तर संविधान एकै पटकमा पूर्ण र सर्वसहमतीमूलक नहुन पनि सक्छ ।
संविधानप्रतिको असहमति सामान्य कुरा हो र असहमति नै थप परिष्कृत भएर निखारिने अझ राम्रो मौका हो । संविधानले असहमत नागरिकका मुद्दाहरूलाई पनि संवोधन गर्न सक्ने खुकुलो व्यवस्थासमेत गर्नु यो संविधानको प्रगतिशील अर्को पक्ष हो ।

भाग २७, धारा ३०२ र अनुसूची ९ वटा रहेको यो संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन अब गरिरहनुपर्दैन, संसद्को दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ ।

आजको यस दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा मिलोस् । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्ने प्रेरणा सबै सबैलाई मिलोस् । सबैलाई संविधान दिवस एवं राष्ट्रिय एकता दिवसको शुभकामना ।

संविधान दिवस मनाइरहँदा धेरैलाई लाग्ने गरेको छ आखिर यत्ति ठुलो त्याग, तपस्या र बलिदानबाट आएको यो संविधानले जनतालाई चाहिँ के दिइरहेको छ त ? हो हाम्रा नेताहरूको कुर्सी मोहका कारण मुलुकले जत्ति नै राम्रो संविधान पाए पनि उक्त संविधानको व्यवहारिक कार्यान्वयन आज केबल आकाशको फल आँखातरी मर भइरहेको छ ।

दिनदिनै जसो देखिने राजनीतिक झिनाझम्टी, सत्ताका लागि जे र जस्तोसुकै चलखेल गर्ने प्रचलन र राजनीतिलाई लुटिखाने अस्त्र बनाउने स्वार्थ समूहका कारण आज जनतामा जतिसुकै राम्रा शब्दले कुदिएको भए पनि यो संविधानको के अर्थ ? भन्ने मनोविज्ञान तयार हुँदै छ ।
हजारौँ हजारको त्याग तपस्या अनि सयौँको बलिदानपछि प्राप्त हाम्रो संविधानले समुन्नत, समावेशी नेपालको परिकल्पना गरेको छ । तमाम स्वार्थ र गलत प्रवृत्तिलाई अन्त्य गर्दै विधिको शासन स्थापित गर्नु र मुलुकले खोजेको संवृद्धि, राजनीतिक स्थिरता र शान्ति एवं सुशासन अब केबल सुँघा रटाइ बन्नु हुँदैन ।

आजको यस दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा मिलोस् । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्ने प्रेरणा सबै सबैलाई मिलोस् । सबैलाई संविधान दिवस एवं राष्ट्रिय एकता दिवसको शुभकामना ।

YouTube0
YouTube
RSS
Follow by Email