काठमाडौं । नेपालका एक युवकले दुबईमा करोडौंको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका नेपाली युवकले झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका हुन् ।

चिठ्ठा जितेका ३१ वर्षीय भरत बिश्वकर्मा मासिक नेपाली ४५ हजारको कार धुने काम गर्थे । तर एक्कासी शनिवार राति टिभीमा लाइभ हेरिरहदा आफूलाई चिठ्ठा परेको थाहाँ पाएपछि निकै खुशी भए ।

उनले युएईको चर्चित मजुज चिठ्ठामा लामो समयदेखि प्रयास गरिरहेका थिए । मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा उनले प्रयास गरिरहे । एक्कासी उनको भाग्य खुल्यो र अहिले झण्डै ३५ करोड रुपैयाँ बराबरको चिठ्ठा जिते । उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि उक्त पैसा खर्च गर्ने बताएका छन् ।

YouTube0
YouTube
RSS
Follow by Email