काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ हैटले विवाह गर्ने भएका छन् । उनले शुक्रबार परिवारका सदस्यहरुको सहभागीतामा मकवानपुरकी अनु थिङसँग विवाह गर्ने भएका हुन् ।

छक्का पञ्जा लगायतका धेरै फिल्म र सिरियलमा अभिनय गरेर चर्चामा आएका बुद्धिले अनुसँग परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

उनले ३० वर्षीया थिङसँग भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह गर्ने भएका छन् ।

YouTube0
YouTube
RSS
Follow by Email