काठमाडौँ / सिट बाँडफाँटको लागि बसेको सत्तारुढ दलको बैठकमा नेपाली काँग्रेसले सत्ता गठबन्धनका दलहरूबिच मित्रवत् प्रतिस्पर्धा गर्ने प्रस्ताव राखेको छ ।

काँग्रेसले स्थानीय तहकै मोडलमा सहमति गर्ने मनसायसहित नयाँ प्रस्ताव राखेपछि माओवादी केन्द्र र समाजवादी पार्टीमा तरङ्ग पैदा गरेको छ ।

बिहीबारको गठबन्धनको बैठकमा काँग्रेसले सहमति भएका निर्वाचन क्षेत्रबाहेक सहमति नजुटेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने प्रस्ताव राखेको थियो । मित्रवत् प्रतिस्पर्धा गर्ने काँग्रेसको प्रस्तावमा जसपाका नेताहरूको मौन समर्थन छ । जनमोर्चाको पनि त्यसमा खास असहमति थिएन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालले भने यो प्रस्तावसँगै अतालिएका छन् । उनीहरूले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सहमति जुटाउनुपर्ने माग राखेका छन् । असहमति पछि काँग्रेसले थप केही दिन छलफल गरौँ भनेर प्रस्ताव गरेको छ ।

काँग्रेसको शेखर कोइराला समूह गठबन्धनको विपक्षमा रहेको छ । उसले गठबन्धन गरे पनि नगरे पनि पार्टीभित्र आफूहरूलाई ४० प्रतिशतको टिकट हिस्सा खोजिरहेको छ ।

आ–आफ्नै अडानबाट टसमस नगरेका माओवादी र समाजवादीलाई तह लगाउन मित्रवत् प्रस्ताव गरेको काँग्रेसले उक्त प्रस्तावपछिको रियाक्सन बुझ्न आज फेरी सत्ता गठबन्धनको बैठक डाँकेको छ ।

YouTube0
YouTube
RSS
Follow by Email