काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिगमनको खतरा बढेको बताएका छन् । शुक्रबार अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै प्रचण्डले संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भएको बताए ।

संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएको भन्दै उनले सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको बताए । अझै प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै उनले नयाँ–नयाँ रूपमा ल्याउँन लागिएको र सतर्कता अपनाउनुपर्ने बताए ।

उनले भने – ‘प्रतिगमनको षडयन्त्र रोकिएको छैन, नयाँ–नयाँ रूपमा ल्याउँदैछन् । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा छ’

YouTube0
YouTube
RSS
Follow by Email