काठमाडौं / नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षकको जागीर खाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिका ( ९) स्थित शिव माविकी शिक्षिका गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

गीता सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् । सोडारी  नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतासमेत हुन् । गीताविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी गरिएको छ ।

शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको अख्तियारले जनाएको छ ।

YouTube0
YouTube
RSS
Follow by Email