काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा सम्बोधन गर्दै सो कुरा गरेका हुन् । उनले सामाजिक सञ्चाल र साइवरमार्फत एउटा कोठामा बसेर एमालेमाथि आक्रमण भइरहेको बताए ।

उनले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गरेको पनि बताए । उनले युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन हुने बताए ।

उनले भने – ‘युवाहरुमा देखिएको निराशालाई समयमा नै राष्ट्रिय युवा संघले सम्हाल्न नसके विदेश पलायन हुने छ । विकृति विसङ्गतितिर जान्छ । जसरी अहिले अराजकतावादी समूहले युवाहरुमा निराशाको बीउ रोपिरहेको छन् । अराजकता वादीहरुले रोपेको बीउ युवा संघले नष्ट गर्न सकेन भने विकृती विसङ्गतिमा फस्छ । त्यस्तो निराशा बीउ तोड्न नसके युवाहरुको समुह अवराधिक कर्ममा जान खोज्छ ।’

सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको भन्दै उनले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताए ।

YouTube0
YouTube
RSS
Follow by Email