मोनिका सिंह / राष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष र विपक्षमा नेपाली राजनीति यत्तिखेर विभाजित छ । संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै कतिपयले राष्ट्रपतिले चालेको कदम संविधानको ठाडो उल्लङ्घन भनेका छन् भने कतिपयले संविधानको रक्षक र राष्ट्रियताका कदम भनेर स्वागत गरिरहेका छन्।

विवाद र समर्थनका बिच यत्तिखेर स्वंयम राष्ट्रपति विद्यादेवी भण्डारी नै सक्रिय राजनीतिमा आउन सक्ने टिक्का टिप्पणीहरू भइरहेका छन् । निर्वाचनमा होमिएका दलहरू नै राष्ट्रपतिको कदमको बचाउ र विरुद्धमा ऐजेन्डा बनाइरहेकाले राष्ट्रपति विद्यादेवी भण्डारी सकिनै लागेको कार्यकाल छोडेर राजनीतिमा त आउँदै हुनुहुन्न । सेरमोनियल भूमिकामा रहनुभएकी राष्ट्रपतिको कदमबाट तंरगिंत बनेको नेपालको राजनीतिमा कतै विद्यादेवी भण्डारीलाई प्रथम महिला प्रधानमन्त्री बनाउने खेल त लुकेको छैन ?

मङ्सिर ४ गते हुने भनिएको आम निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा सुरु भएको छ । पछिल्ला यावत घटनाक्रम र राष्ट्रपति भण्डारीको गतिविधि हेर्ने हो भने उहाँ कुनै पनि समय सक्रिय राजनीतिमा आउन सक्ने सम्भावना शतप्रतिशत देखिन्छ ।

मङ्सिर ४ गते हुने भनिएको आम निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा सुरु भएको छ । पछिल्ला यावत घटनाक्रम र राष्ट्रपति भण्डारीको गतिविधि हेर्ने हो भने उहाँ कुनै पनि समय सक्रिय राजनीतिमा आउन सक्ने सम्भावना शतप्रतिशत देखिन्छ । नागरिकता विधेयक परमाणिकरण नगर्ने पछिल्लो उहाँको कदम सक्रिय राजनीतिको सुझबुझ पूर्ण कदम हो या राष्ट्र र राष्ट्रियताको लागि बाध्यात्मक परिस्थिति अहिले नै भन्न सकिने अवस्था छैन ।

नेकपा एमालेका नेता एवं पूर्वसचारमन्त्री गोकुल प्रसाद बास्कोटा भने अब राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कनु पर्ने बताउनुहुन्छ । बास्कोटाले त भण्डारी राजनीतिमा फर्किए एमालेको ७५ प्रतिशत नेता कार्यकर्ताहरूको समर्थन रहने ठोकुवा नै गरिसक्नुभएको छ ।
विवादमा परिन्छ भन्ने जान्दा जान्दै र कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेको अवस्थामा आखिर राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जोखिमपूर्ण कदम किन चालिन् त ? के उनको कदम साँच्चिकै सक्रिय राजनीतिमै फर्किने मनसाय हो त ? राजनीतिक विश्लेषक डा। विष्णु दाहाल राष्ट्रपतिको उक्त कदम सक्रिय राजनीतिमा आउने कदमकै पूर्व सङ्केत भएको बताउनुहुन्छ ।

कतिपयले भने राष्ट्रपति विद्यादेवी भण्डारी अब सक्रिय राजनीतिमा फर्कनु नसक्ने बताइरहेका छन् । उनीहरूको तर्क छ राष्ट्रको प्रमुख तहमा बसिसकेको व्यक्ति अब सक्रिय राजनीतिमा आउनु थप विवादित हुनु मात्र हो ।  पूर्वमन्त्री गोकुल बास्कोटा भने राष्ट्रपतिको पदमा पुग्ने हरेक व्यक्ति राजनीति बाटै आएको हुनाले कार्यकाल सकिएपछि राजनीतिमा आउन राष्ट्रपतिलाई कसैले रोक्न सक्दैन । पूर्व राष्ट्रपतिका टिप्पणीहरू हेर्दा उहाँ पनि राजनीति नै गरिरहेको भन्दै बास्कोटा भण्डारीलाई राजनीतिमा आउन कानुनी र संवैधानिक समस्या नभएको बताउनुहुन्छ ।
विश्लेषक विष्णु दाहाल पनि राष्ट्रपतिले आफूले पाउने सेवा र सुविधाको त्याग गरेर सक्रिय राजनीतिमा आउन सक्ने सम्भावना रहेको बताउनुहुन्छ ।

विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुनुहुन्छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष हुनुहुन्थ्यो । स्वर्गीय जननेता मदन भण्डारीकी धर्मपत्नी भण्डारी भएका कारणले पनि कतिपयको बुझाई छ मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको बिडो थाप्न अब भण्डारी एमालेमा सक्रिय हुनुको विकल्प छैन ।

स्वर्गीय जननेता मदन भण्डारीकी धर्मपत्नी भण्डारी भएका कारणले पनि कतिपयको बुझाई छ मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको बिडो थाप्न अब भण्डारी एमालेमा सक्रिय हुनुको विकल्प छैन ।

मातृ पार्टी एमाले विरुद्ध बनिरहेको गठबन्धनलाई धक्का दिन र एमालेका अध्यक्ष ओली पछिको सर्वमान्य नेताको भ्याकुम पुर्नका लागि पनि भण्डारी सक्रिय राजनीतिमा आउन लागेको विश्लेषकहरूको बुझाइ छ ।

विश्व प्रसिद्ध पत्रीका फोब्र्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२ औँ स्थानमा सूचिकृत हुन सफल हुनुभएकी भण्डारी प्रथम प्रधानमन्त्री र राजनीतिक दलको प्रथम महिला अध्यक्ष बन्ने होडमा त हुनुहुन्न रु राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिलामा पर्न सफल हुनुभएकी भण्डारीलाई कार्यकाल सकिए पछि चुपचाप बस्ने रुचि पक्कै नहोला नै ।

विश्लेषकहरू नागरिकता सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले आफूप्रतिको आम मनोविज्ञान बुझ्न खोजिरहनुभएको छ । राष्ट्रपतिको मातृ पार्टी एमालेका नेता तथा कार्यकर्ताको अपार समर्थनले बुझ्न के गरो छैन भने एमालेकै नेता कार्यकर्ताहरू राष्ट्रपति भण्डारीलाई पुनः पार्टी राजनीतिमा सक्रिय गराउन भित्र भित्र सक्रिय छन् ।

दुईपल्टका संसद् विघटन होस् या नयाँ सरकारका बेला भएको शपथ ग्रहण विवाददेखि नागरिकता विधेयक रोकिँदा सम्मका राष्ट्रपति भण्डारीका कदमलाई हेर्ने हो भने राष्ट्रपतिमा सक्रिय राजनीतिको मोह कायमै छ । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा एउटा सामान्य किसान परिवारमा जन्मेर राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएकी भण्डारी उमेरले पनि भर्खर ६१ वर्षको मात्र हुनुभएको छ ।

मर्ने दिनसम्म पनि पार्टी र पदको वरिपरि नै घुमिरहन संस्कार भएको हाम्रो नेपाली राजनीति र नेताहरू को भिडमा के यो उमेरमै राजनीतिको यत्ति ठुलो उचाइ हासिल गरेकी भण्डारीले राजनीतिक विश्राम लेलिन् ? राष्ट्रको प्रमुख पदमा पुगे पनि उक्त पद केबल सरकारको रबरस्ट्याम मात्र हुनु रहेछ भन्ने कुरा राम्रैसँग बुझेकी भण्डारीले मुलुकको कार्यकारी पद प्रधानमन्त्रीमा रुचि राख्नु स्वाभाविक नै हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

मर्ने दिनसम्म पनि पार्टी र पदको वरिपरि नै घुमिरहन संस्कार भएको हाम्रो नेपाली राजनीति र नेताहरू को भिडमा के यो उमेरमै राजनीतिको यत्ति ठुलो उचाइ हासिल गरेकी भण्डारीले राजनीतिक विश्राम लेलिन् ? राष्ट्रको प्रमुख पदमा पुगे पनि उक्त पद केबल सरकारको रबरस्ट्याम मात्र हुनु रहेछ भन्ने कुरा राम्रैसँग बुझेकी भण्डारीले मुलुकको कार्यकारी पद प्रधानमन्त्रीमा रुचि राख्नु स्वाभाविक नै हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

नेपालको संविधानले दुई कार्यकाल राष्ट्रपति भएको व्यक्ति तेस्रो कार्यकाल राष्ट्रपति हुन नसक्ने व्यवस्था छ । संविधानले राष्ट्रपति हुने बाटो रोके पनि प्रधानमन्त्री हुने बाटो नरोकेका कारण विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन सक्नु हुन्छ । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी एक वर्ष अघिदेखि नै गरेको बताउनुहुन्छ । डा. दाहालको बुझाइमा राष्ट्रपति भण्डार पूर्व राष्ट्रप्रमुख मात्र बन्न चाहनु भएको भए नागरिकता विधेयकको यो जोखिम उठाउँदै नउठाउने बताउनुहुन्छ ।

भनिन्छ मुलुकको सर्वोच्च पदमा पुगेपछि पनि राष्ट्रपति भण्डारी एमालेको राजनीतिलाई भित्रभित्रै ड्राइभ गरिरहेकी पात्र हुन् । एमालेले भर्खरै मात्र गरेको समानुपातिकको सुची हेर्ने हो भने मात्र पनि अधिकांश उम्मेदवारहरू राष्ट्रपति भण्डारीकै नजिकको भएको विश्लेषक भण्डारीको भनाई छ ।

कार्यकाल सकिनै लागेको समयमा गठबन्धन विरुद्ध मौन फायर खोलेर राष्ट्रपतिले भावी राजनीतिको मार्ग खोलिसक्नुभएको छ । सृजित विवादलाई मत्थर पार्नुको साटो यसैमा घिउ थपेर भण्डारी थप सक्रिय राजनीतिमा आउनु भयो भने त्यो अनौठो नमान्दा हुन्छ ।

नेकपा विभाजन रोक्न भएको राष्ट्रपति भण्डारीको सक्रियता होस् या एमाले महाधिवेशनमा पदाधिकारी बनाउन भण्डारीको सक्रियता यी सबै कदमले राष्ट्रपति भण्डारी कार्यकाल सकिएपछि त्यतिकै चुप बस्ने मोडमा हुनुहुन्न । संसद्मा एमालेलाई आच्छु आच्छु पारिरहेको सत्ता गठबन्धनलाई राष्ट्रपति भण्डारीले एक शब्दसमेत नबोली आफ्नो शक्ति प्रदर्शन गरी थला पारिसक्नु भएको छ । दलहरूका लागि अब नागरिकता विधेयक खाऊ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाबुको अनुहार भएको छ । उता राष्ट्रपतिको यही कदमले ठुलो जनसमर्थन प्राप्त गरेको छ ।

कार्यकाल सकिनै लागेको समयमा गठबन्धन विरुद्ध मौन फायर खोलेर राष्ट्रपतिले भावी राजनीतिको मार्ग खोलिसक्नुभएको छ । सृजित विवादलाई मत्थर पार्नुको साटो यसैमा घिउ थपेर भण्डारी थप सक्रिय राजनीतिमा आउनु भयो भने त्यो अनौठो नमान्दा हुन्छ ।

जसरी जनताको छोरी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुभयो त्यसैगरि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा विद्या भण्डारी यत्तिखेर सक्रिय हुनुहुन्छ,यो स्पष्ट छ ।

YouTube0
YouTube
RSS
Follow by Email