मङ्सिर चार गते हुने आमनिर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकको क्षेत्र नं. १ सबैको चासोमा परिरहेको छ । खास गरी माओवादीबाट सभामुख अग्निप्रसाद सापकोटा, नेपाली कांग्रेसबाट मोहनबहादुर बस्नेत यस क्षेत्रमा गठबन्धनका अकाकक्षी उम्मेदवारहरू हुन् । गठबन्धनमा रहेका दुई ठुला नेताहरूको टिकट लिने भाले भिडन्तका बीच  नेकपा एमालेले कस्लाई उम्मेदवार बनाउँछ भनेर यो क्षेत्र सबैको चासोमा परिरहेको छ । एमालेबाट अहिलेसम्म तीन जना नेताहरू अरुण नेपाल र सरेश नेपालसँगै भरत पराजुलीको नाम सिफारिस भएको छ । गठबन्धनका दुई चर्चित नेता अग्निप्रसाद सापकोटा र मोहन बस्नेत र एमालेका दुई चर्चित नेता  अरुण नेपाल र सरेश नेपाल राष्ट्रियरुपमै परिचित नामहरू हुन् । चर्चाकै बीच एस अघि खासै चर्चामा नआउनुभएका भरत पराजुली यत्तिखेर धेरैको रोजाई र आँखामा पर्न थाल्नु भएको छ । जलविद्युतलगायत विभिन्न व्यवसायमा संलग्न पराजुली आर्थिकरुपमासमेत बलियो मानिनुहुन्छ। प्रस्तुत छ, उम्मेदवार सुनिश्चित हुन दौडधुप गरिरहनुभएका पराजुलीसँग गरिएको कुराकानी :

तपाइले  किन उम्मेदवारीमा दाबी गर्नुभएको हो ?

स्कुल र कलेज पढ्दा अनेरास्ववियुमा सङ्गठित र सक्रिय थिए । कलेज हुँदा अखिलले गरेका राष्ट्र, राष्ट्रियता र जनजीविका तथा शिक्षासम्बन्धी अभियान, आन्दोलनमा अग्र मोर्चामै थिए । विद्यार्थी कालमा नै पार्टी सदस्य भएँ । सम्पर्क मञ्चका अभियानमा जोडिएर पार्टीकै पक्षमा काम गरेको छु । लामो समय सिन्धुपाल्चोकलाई नै आधार बनाएर सामाजिक क्षेत्रमा काम गरे । त्यहाँका दर्जनौँ गाउँमा खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्यको योजना लगेको छु । जनसम्बन्ध गाँसेको छु । सम्भव भए जतिलाई सकेको सहयोग पनि गरेको छु । अधिकांशले प्रत्यक्ष नै चिन्नुहुन्छ ।

कमिटीगत जिम्मेवारीमा नहुँदा चाहेर पनि प्रत्यक्षरुपमा पार्टीमा सक्रिय हुन सकिन्न । यसको अर्थ पार्टी, मोर्चा, अभियान र आन्दोलनमा सक्रिय छैन भन्ने होइन । पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको छु । कसैले नभने पनि स्वविवेकले पार्टीलाई हित हुने अभियानमै थिए र छु पनि । अहिलेसम्म पार्टी र सदस्यले आलोचना गर्नुपर्ने काम मैले गरेको छैन ।

प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताले उम्मेदवारका लागि अन्यसहित मलाई पनि सिफारिस गर्नुभएको हो । जिल्लाले प्रदेश र प्रदेशले केन्द्रलाई सिफारिस गरेको छ । पार्टी र कार्यकर्ताले नपत्याएको भए त सिफारिस नै हुँदैनथ्यो नि, होइन र ?

यस पटक पार्टीका कमिटी, कार्यकर्ता, शुभेच्छुक र मतदाताले समेत अगाडि बढ्न आग्रह गर्नुभयो । र, दाबी गरेको हुँ । यसमा व्यक्तिगत महत्त्वाकाङ्क्षा कुरै हुँदैन र छैन पनि । त्यस्तो महत्त्वाकाङ्क्षा हुँदो हो त अघिल्ला निर्वाचनमै दाबी गर्थे होला । सम्भावित अवसर निरन्तर अरूका लागि छोड्दै आउँदा एकै पटक सांसदमै दाबी गर्नुपर्ने परिस्थिति बन्दो रहेछ । यसमा कसैले पनि अन्यथा लिनु जरुरी छैन । म हरेक कोणबाट त्यसका लागि सक्षम छु । अर्को कुरा, मैले सार्वजनिकरुपमा होइन पार्टी पद्धतिअनुसार नै दाबी गरेको हुँ । मापदण्ड पुगेका हरेक नेता–कार्यकर्ताले दाबी गर्न सक्छन् ।

तपाई जनप्रतिनिधिका लागि अहिलेसम्म कुनै तहको उम्मेदवार बन्नुभएको छैन, एकैचोटी सांसदमा उठ्ने कुरा आयो, के यो चरम महत्त्वाकाङ्क्षा हैन र ?

पार्टी पद्धतिमा व्यक्तिगत चाहनाले भन्दा आवश्यकताले जिम्मेवारी निर्धारण गर्छ । पार्टीको आवश्यकता र व्यक्तिको चाहना एकै पटक नमिल्न पनि सक्छ । अर्को कुरा, पार्टीले यसअघि संसदीय मोर्चामा अगाडि नसारेकाले नै जनप्रतिनिधि नभएको हुँ । चाहना, योग्यता र क्षमता नै नभएर होइन । पार्टी सदस्य र शुभेच्छुकले आग्रह गर्दा–गर्दै पनि आफूले भन्दा अरूले नै त्यो जिम्मेवारीमा बढी न्याय गर्लान् भनेर यसअघि अगाडि नसरेको हुँ । यस पटक पार्टीका कमिटी, कार्यकर्ता, शुभेच्छुक र मतदाताले समेत अगाडि बढ्न आग्रह गर्नुभयो । र, दाबी गरेको हुँ । यसमा व्यक्तिगत महत्त्वाकाङ्क्षा कुरै हुँदैन र छैन पनि । त्यस्तो महत्त्वाकाङ्क्षा हुँदो हो त अघिल्ला निर्वाचनमै दाबी गर्थे होला । सम्भावित अवसर निरन्तर अरूका लागि छोड्दै आउँदा एकै पटक सांसदमै दाबी गर्नुपर्ने परिस्थिति बन्दो रहेछ । यसमा कसैले पनि अन्यथा लिनु जरुरी छैन । म हरेक कोणबाट त्यसका लागि सक्षम छु । अर्को कुरा, मैले सार्वजनिकरुपमा होइन पार्टी पद्धतिअनुसार नै दाबी गरेको हुँ । मापदण्ड पुगेका हरेक नेता–कार्यकर्ताले दाबी गर्न सक्छन् ।

सरेश नेपाल र अरुण नेपालजस्ता बलिया दाबेदार त्यही क्षेत्रमा छन् । उनीहरू असान्दर्भिक भएर तपाईँ अगाडि सर्नुभएको   हो ररु पार्टीमा पहुँच त उनीहरूकै होला, अनि टिकट तपाईँले पाउने आधार चाहिँ के त ?

हो, मलाई राजनीतिमा अगाडि बढाउनु हुने, मेरा सामाजिक अभियानमा निरन्तर भरथेग गर्नुहुने, सधैँ सत्कर्मका लागि प्रेरित गरिरहने र मैले सधैँ अगाध सम्मान र स्नेह गर्ने नेता द्वय अरुण नेपाल र सरेश नेपाल त्यही क्षेत्रमा हुनुहुन्छ र, दुवै जना उम्मेदवार सिफारिस पनि हुनुभएको    छ । उहाँहरूले सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलनमा, एमालेको हुकाई र बढाइमा मात्रै होइन त्यहाँको राजनीतिक तथा आर्थिक–सामाजिक रूपान्तरणमा सदा स्मरणीय योगदान गर्नुभएको छ । जसको म विगतदेखि भविष्यसम्मको उच्च प्रशंसक हुँ । पार्टी सङ्गठन, कार्यकर्ताले गर्ने सम्मान, विभिन्न आन्दोलन र अभियानको अगुवाइ, जनसम्बन्ध हरेक दृष्टिले उहाँहरू सदा सम्मानयोग्य हुनुहुन्छ । योगदानका हिसाबले उहाँहरू न हिजो असान्दर्भिक हुनुहुन्थ्यो न भोलि हुनुहुनेछ । उहाँहरू अयोग्य र असान्दर्भिक हुनु भयो भनेर मैले उम्मेदवार दाबी गरेकै होइन । कसैलाई भ्रम नपरोस् । मेरोभन्दा पहुँच पनि उहाँहरूकै बढी छ । किनकि, पार्टीगत योगदानका हिसाबले मभन्दा उहाँहरू अग्रज हुनुहुन्छ ।

अर्को कुरा, कार्यकर्ताको सद्भाव र उहाँहरूको पनि समर्थनमा मेरो नाम तल्लो कमिटीबाट सिफारिस भएको हो । माथिल्ला कमिटीमा पनि उहाहरुकै पहुँच छ । तर, त्यहाँबाट पनि मेरो नाम अगाडि बढ्नु भनेको उहाँहरूकै सहयोग रहनु होइन र ?

तेस्रो कुरा, दुवै जनाले यस पटक नयाँ अनुहारका साथ जाने कि, लौ आन्तरिक तयारी पनि गर्दै गर्नुस् भनेकैले अगाडि सरेको हुँ । तर, यहाँ केही सीमित व्यक्तिले म उहाँहरू विरुद्ध उभिए जसरी अफवाह फैलाइरहेका छन् । जुन सत्य होइन ।

चौथो कुरा, मतदाताको चाहना, कार्यकर्ताको समर्थन, नेताहरूको सहयोग र सद्भाव भएपछि टिकट नपाउनु पर्ने अन्य कारण हुन्छ र रु एमालेको मूल नेतृत्वले उपयुक्त बेलामा सबैलाई अवसर दिँदै आएको छ । फेरि पनि दिन्छ नै । यसअघि कस–कसले अवसर पाए, कस–कसलाई न्याय र अन्याय भयो त्यता फर्किन चाहान्न् । र, यो त्यो समीक्षा गर्ने बेला पनि होइन । यस पटक चाहिँ मैले अवसर पाउनुपर्छ भनेर दाबी गरेको हुँ । र, मेरो दाबी कोही नेता विशेषविरुद्ध होइन । मतदाता र कार्यकर्ताको पक्षमा तथा नयाँ अनुहार खोज्ने जनचाहना सम्बोधनका लागि पनि हो ।

पार्टीले तोकेको मापदण्डभित्र रहेर दाबी गर्नुलाई नै मारामार भन्नु हुँदैन । कसका लागि खाली गर्ने/नगर्ने त्यो उहाँहरूको निर्णय हो । अझ कसका लागि कसले त्याग गर्ने भन्ने निर्णय त पार्टी नेतृत्वले नै गर्छ । उहाँहरूले नै अगाडि बढ भनेकाले नै मैले दाबी गरेको हुँ । त्यसैले उहाँहरूकै सहयोग हुन्न कि भन्ने शङ्का नै गलत छ ।

नेपाल द्वय नै टिकटका लागि मारामारमा छन् रे । तपाइलाई त्यति सजिलै मैदान खाली गर्देलान् त रु टिकट तपाईँले नै पाउनुभयो तर  उनीहरूले सहयोग गरेनन् भने त लडेको लड्यै भइन्छ नि ?

पहिलो कुरा त उहाँहरू पारिवारिक सम्बन्ध छ । पारिवारिक सम्बन्ध सुमधुर र हार्दिक हुन्छ नै । मेरो पनि उहाँहरू दुबैसँग अत्यन्तै हार्दिक सम्बन्ध छ, दाजु–भाइको जस्तो । उहाँहरू दुवैको र उहाँहरूसँग मेरो सम्बन्ध स्नेहपूर्ण हुँदा–हुँदै पनि प्रचार चाहिँ गलतरुपमा गरिएको हो । योग्य र सक्षम भएकाले दुवै जनाले उम्मेदवारी दाबी गर्नुभएको हो । पार्टीले तोकेको मापदण्डभित्र रहेर दाबी गर्नुलाई नै मारामार भन्नु हुँदैन । कसका लागि खाली गर्ने/नगर्ने त्यो उहाँहरूको निर्णय हो । अझ कसका लागि कसले त्याग गर्ने भन्ने निर्णय त पार्टी नेतृत्वले नै गर्छ । उहाँहरूले नै अगाडि बढ भनेकाले नै मैले दाबी गरेको हुँ । त्यसैले उहाँहरूकै सहयोग हुन्न कि भन्ने शङ्का नै गलत छ । पार्टीले यस पटक नयाँ अनुहारका साथ प्रतिस्पर्धा गरौँ वा पुरानै नेतालाई प्रतिस्पर्धी बनाऔँ भन्यो पनि सबै नेता–कार्यकर्ता एक ढिक्का भएर चुनावी मोर्चामा खट्छन् । त्यसमा पनि शङ्का मान्नु पर्छ र ? व्यक्तिभन्दा पार्टीको मोर्चा हो चुनाव ।

टिकट नपाए के गर्नुहुन्छ रु पाउनेलाई असहयोग गर्ने त होला नि,  सबैजसो दलमा त्यही प्रवृत्ति त छ नि ?

सशक्त दाबी पेस गरेको छु र, निर्णय नहुँदासम्म गरिरहन्छु पनि । तर, पार्टीको निर्णय मेरो पक्षमा भएन भने पनि मोर्चाबाट म भाग्दिन । जो उम्मेदवार हुनुहुन्छ उहाँको पक्षमा मन, बचन र कर्मले लाग्छु । निर्णय नहुँदासम्म आफ्ना कुरा राख्ने र निर्णय भएपछि स्विकार्ने पार्टीको पद्धति र अनुशासन हो । जसमा सबै रहनुपर्छ । म पनि रहन्छु । यसअघिका चुनावमा पनि उम्मेदवार भएको थिइन । तर, भएका उम्मेदवारलाई जिताउन सके जति सहयोग गरेकै हुँ । यस पटक टिकट पाइन भने पनि अवसर फेरि आउँछ भनेर पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन मरिमेटेर लाग्छु ।

YouTube0
YouTube
RSS
Follow by Email