काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरो गएको छ । शुक्रबार चन्द्रागिरि नगरपालिका २ देउराली नजिक पहिरो जाँदा ३ जना पुरिएको जनाइएको छ ।

सोही स्थानमा रहेको रेक्की ध्यान केन्द्रमाथिबाट पहिरो जाँदा २ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठ पुरिएका हुन् । पुरिएकाको खोजी जारी रहेको जनानइएको छ । अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो गइरहेको छ ।

YouTube0
YouTube
RSS
Follow by Email