काठमाडौं / सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।

बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी भएपनि आजको बैठकमा  जसपाका नेताहरु उपस्थित नभएको नेताहरुले बताएका छन् । केहीदिन यता जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ ।

सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट जानुभएको थियो । जसपा सत्ता गठबन्धनबाट बाहिरिएसँगै सत्ता गठबन्धनमा तरङ्ग गएको छ ।

उता एमाले नेताहरु र जसपाका नेताहरु आज अबेरसम्म बसेर  सिट बाँडफाँट टुंग्याउने प्रयासमा छन् ।

YouTube0
YouTube
RSS
Follow by Email