एजेन्सी – फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरबमा राष्ट्रिय बिदा घोषणा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् ।

साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले एक दिन थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे ।

मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१  पराजित गरेको थियो ।

YouTube0
YouTube
RSS
Follow by Email