काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुराकानी गरेका छन् । बिहीबार दिउँसो फोनमा ओलीले प्रचण्डलाई मिलेर अगाडि बढ्नुपर्ने कुरा राखेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार ओलीले प्रचण्डलाई भने – ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं । हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ ओलीको यो कुरापछि प्रचण्डले चुनावको सबै परिणाम आइसक्न बाकीँ रहेको र परिस्थिति हेरेर कुरा गर्ने बताए । उनले भने – ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ । पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

नेकपा फुटेपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन् । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएका थिए ।,

YouTube0
YouTube
RSS
Follow by Email