कपिलवस्तु – कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी हुनुभएको छ । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गर्नुभएको हो । यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।

YouTube0
YouTube
RSS
Follow by Email