अध्यक्ष ओलीले प्रचण्डलाई फकाउन सक्ने भए पार्टी टुक्रा टुक्रा हुँदैनथ्यो : भीम रावल

अध्यक्ष ओलीले प्रचण्डलाई फकाउन सक्ने भए पार्टी टुक्रा टुक्रा हुँदैनथ्यो : भीम रावल

काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति भएको पनि बताउनु भयो ।

उहाँले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा एक पोष्ट गर्दै यस्तो बताउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सकेको भए नेकपा टुक्राटुक्रा नहुने बताउनु भएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हो । यो लोकतन्त्रका लागि राम्रो हुन्छ । यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हो ।’

Reporter