काठमाडौँ / गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई आज नेकपा एसले न्यानो स्वागत गरिएको छ ।

सोमबार नेकपा एस प्रवेश गरेका मनाङेलाई आज पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले खादा ओढाएर औपचारिक स्वागत गरेका हुन् ।

मनाङे मनाङको प्रदेश २ बाट निर्विरोध निर्वाचित भएका थिए । उनलाई पार्टी प्रवेश गराउँदै महासचिव भुसालले मनाङेको विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु नहुने बताए ।

‘मान्छेलाई विगतको आँखाले मात्र हेर्नु हुँदैन, वर्तमानमा के छ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘राजीवजीले आफ्नो विगतलाई बदलेर जनसेवाको प्रतिबद्धताका साथ अघि बढ्नुभएको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’

उनले मनाङेले मन्त्री भएर राम्रा काम गरेको भन्दै उनीबाट सिक्नुपर्ने पनि उल्लेख गरे ।