बाराको जीतपुरसिमराबाट दुई किलो वजनको युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ५ बस्ने २९ वर्षिय रवी चौधरी, ३० वर्षिय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षिय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीका अनुसार जीतपुरसिमरा ७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ । चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।

Reporter