आइतबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य प्रतितोला रु २ सयले बढेर आइतबार प्रतितोला रु १ लाख ५ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ ।

Reporter