एमाले सरकार गठनको विषयमा मौन

काठमाडौँ /  नेकपा (एमाले) सरकार गठनको विषयमा मौन बसेको छ ।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनको विषयमा गठबन्धन दलमा भागबण्डा नमिलेको अवस्थामा दोस्रो ठूलो दल नेकपा एमाले सरकार गठनको विषयमा केही बोलेको छैन ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङ आफूहरू गठबन्धनको निर्णय कुरिरहेको बताएका छन् ।

उनले भने ‘हामी गठबन्धनको निर्णय कुरिरहेका छौँ । उहाँहरूले सरकार बनाए हाम्रो शुभकामना छ । उहाँहरूले सक्नुभएन भने हामी पहल गर्छौं ।’

गठबन्धन टुट्ने परिस्थिति देखिएको छ । त्यस्तो अवस्थामा एमालेले कांग्रेस वा माओवादी कसलाई समर्थन गर्छ रु भन्ने जिज्ञासामा उनले आफूहरू सबैसँग संवादमा रहेकाले त्यसबारे कुनै ठोस निर्णय नभएको बताए ।

Reporter