कांग्रेसको राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न अडान पश्चात माओवादी नेताहरुले सुरु गरे एमालेसँग संवाद

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद गर्ने सुरु गरेको छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि एमालेसँग माओवादी केन्द्रका शिर्षनेताहरुले संवाद गर्ने सुरु गरका हुन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।

माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । उनीहरु प्रचण्डलाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न तयार देखिएका माओवादी स्रोत बताउँछ । तर दुई अध्यक्षको स्तरमा कुराकानी नभएकाले यो प्रक्रियाले पूर्णता पाउँछ कि पाउँदैन अहिले नै टुंगो छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट लागेको स्रोतले बतायो ।

Reporter