आन्तरिक छलफलपछि पुनः गठबन्धनको बैठक बस्ने

काठमाडौँ  /  सरकार निर्माणबारे छलफल गर्न बालुवाटारमा बसेका बैठक निष्कर्षबिहीन भएको छ ।

प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडेर लिने र पहिलो रोजाइ कांग्रेसकै रहने प्रस्ताव राखे पछि राखेपछि बैठक निष्कर्षबिहीन पुगेको हो ।

अब कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको आन्तरिक छलफलपछि पुनः बैठक बस्ने सरकारका प्रवक्ता तथा सूचना, प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Reporter