प्रचण्ड र देव गुरुङ ओली निवास वालकोटमा

प्रचण्ड र देव गुरुङ ओली निवास वालकोटमा

काठमाडौं / सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

उहाँको साथमा माओवादी महासचिव देव गुरुङ सँगै रहनुभएको ओलीका प्रेस सल्लाकार रामशरण बजगाईले जानकारी दिनुभयो ।

यस अघि ओली निवासमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पुग्नुभएको थियो । लिङदेन निस्कने बित्तिकै प्रचण्ड ओली निवास छिर्नुभएको हो । अहिले बालकोटमा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारको लागि दिनुभएको समय आज साँझ सकिदैछ ।

समय सकिनै लागेको बेला सत्ता गठबन्धनमा खटपट देखिएको छ भने नेकपा एमालेका अध्यक्ष ओली नयाँ समिकरणको कसरथमा हुनुहुन्छ ।

Reporter