सीके राउत पनि बालकोटमा

सीके राउत पनि बालकोटमा

काठमाडौं / ​​​​​​​जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट वार्तामा मिसिने भएका छन् ।

नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष राउतलाई पनि बालकोट वार्ता बोलाइएको हो ।

बालकोटमा नेकपा एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि सरकारमा सहभागी गराउन बैठक बोलिएको छ  ।

राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका थिए । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।

Reporter