73
Shares
![](https://nepalonehd.com/wp-content/uploads/2022/12/321571139_1164424414447529_5915711901351531095_n.jpg)
काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।
नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्री बनाउन प्रचण्डको नाम प्रस्तावित भएको हो ।
प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।