64
Shares
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने नटुंगिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज अपरान्ह शपथ ग्रहण गर्नेछन् ।