55
Shares
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताउनुभएको हो । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुग्नुभएका लिङ्देनले भन्नुभयो,‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’
एता रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारमा जाने भएको छ ।