बैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कामको सुरुवात आफुले गरेको कुँवरको दावी

बैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कामको सुरुवात आफुले गरेको कुँवरको दावी

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरि काम सुरु भएको दावी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा कुँवरले सवै श्रम कार्यालयबाट बैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने देखि श्रम क्षेत्रलाई व्यवस्थीत गर्ने कामको सुरुवात आफ्नो कार्यकालमा भएको दावी गरेका हुन् ।

उनले श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उदेश्यकले श्रमको सम्मान राष्ट्रियको अभियान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन३ । उनले पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको बताएका हुन् ।

रोजगारी सिर्जना गर्ने चूनौति अहिले पनि बिद्यमान देखिएको भन्दै यसमा ध्यान केन्द्रीत गर्नुपर्ने कुँवरले बताए । उनले मन्त्रालयमा आउनु र जानु स्वभाविक रहेको भन्दै जुनसुकै भूमिकामा रहेपनि मुलुकप्रति समर्पित भएर काम गर्ने धारणा राखे ।

Reporter