दुवै टिप्परको बीचमा च्याप्पिएर २७ वर्षीय सह चालकको मृत्यु

पाल्पा । पाल्पामा टिप्परले च्यापेर टिप्परका सहचालकको मृत्यु भएको छ । सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेको हावा भर्न रोकेको टिप्पर अचानक गुड्दा च्याप्पिएर मृत्यु भएको हो ।

सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर निधन भएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Reporter