ज्येष्ठ सदस्यद्धारा मधेश प्रदेश सांसदको शपथ पुस १५ गते गराउने सहमति

ज्येष्ठ सदस्यद्धारा मधेश प्रदेश सांसदको शपथ पुस १५ गते गराउने सहमति

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा पुस १५ गते दिउँसो २ बजे शपथ ग्रहण गर्ने सहमति भएको हो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार नेपालको संविधानको धारा १८२ को उपधारा ५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।

सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् ।

Reporter