फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण ४६ हजार विस्थापित

46 Shares

काठमाडौं ।  फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिस घरबाट विस्थापित भएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका थिए ।

“शनिबार र आइतबार व्यापाक बर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको छ,” गिङ्गोग शहरबाट नागरिक सुरक्षाकर्मी रोबिन्सन लाक्रेले फोनमार्फत् बताएका हुन् । ११ करोड जनसङ्ख्या भएको यो विपत्तिग्रस्त राष्ट्रले क्रिसमसको लामो बिदाको तयारी गरिरहँदा मौसम खराब भएको थियो ।

क्रिशमसका समय लाखौं मानिसहरू पारिवारिक पुन मिलनको लागि आफ्नो गृहनगरमा आउने गर्छन् । फिलिपिन्स जलवायु परिवर्तनको प्रभावको हिसाबले सबैभन्दा जोखिमयुक्त राष्ट्रहरूमध्ये एकमा पर्दछ ।

सम्बन्धित समाचार

सबै