सर्वोच्चमा मुद्दा रहेकै अवस्थामा रविलाई गृहमन्त्री बनाउन उचित नभएको नेता बास्तोलाको जिकिर

सर्वोच्चमा मुद्दा रहेकै अवस्थामा रविलाई गृहमन्त्री बनाउन उचित नभएको नेता बास्तोलाको जिकिर

काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे विप्लवसँग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण विप्लवलाई कारबाही गरी छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

अहिलेको अवस्थामा विप्लवले आत्मआलोचना गर्ने नदेखिएको उनको भनाइ छ । त्यस्तै बास्तोलाले हालै सम्पन्न निर्वाचनबाट संसदीय व्यवस्थामाथि जनताको असन्तुष्टि देखिएको बताएका छन् । उनले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको जिकिर गरेका छन् । । मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जन निर्वाचित न्यायलयको व्यवस्थालाई अङ्गाल्नुपर्ने उनको भनाइ छ ।

बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफूहरूको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने विषय प्रमुख भएको बताएका छन् ।

Reporter