लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

सिन्धुली । अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका १० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ ।

सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।

Reporter